आयात प्रतिस्थापन गर्न हातेमालो आवश्यक’ : अर्थमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले देशको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको बताए । शर्माले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३ औं बार्षिक साधारण सभा तथा छैठौ महासभाको अवसरमा विभिन्न चुनौतीहरुको सामना गर्दै अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्री शर्माले आज राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता छ भएकोले सबैलाई आयत प्रतिस्थापनमा विशेष कदम चाल्नुपर्ने बताए ।

आयात प्रतिस्थापन गर्न सबैसँग हातेमालो आवश्यक भएको र निर्यातलाई बढावा दिनुपर्ने उनको भनाई थियो।

आयात प्रतिस्थापन नहुँदा हामीसँग भएका स्रोतहरुको पनि सदुपयोग गर्न सकिएको छैन उनले भने ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी थिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।