काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिकामा हिजाे (मंगलबार) साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएकाे छ।
बेथान्चोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरको रिभर्ज बस दुर्घटना भएको थियो ।
अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बनेपा नगरपालिका ११ सल्लेबाट व्रतबन्धका लागि गएको बस दुर्घटना भएको बताइएको छ ।

Comment