आइएमई पेको सीईओमा प्रवीण रेग्मी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन्।

इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ।

पेमेन्ट सिस्टम, बैंकिङ्ग, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्नुहुने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक दुवै तालिम प्राप्त गरिसकेका छन् ।

काठमाडौं पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको टाउन हल मिटिङ्गमा नवनियूक्त प्रमुख कार्यकारी अधिकृतको स्वागतका लागि मङ्गलबार एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) का अध्यक्ष एवम् ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरेका थिए।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले रेग्मीको नेतृत्वसँगै कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।