नेपाल रेमिट र प्रभु म्यानेजमेन्टबीच व्यवसायिक सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ । 

सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट प्रभु म्यानेजमेन्ट प्रा.लि नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को मुख्य प्रतिनिधि भएको छ । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि ले नेपालका सबै बैंक खाताहरुमा रियल टाइममै रेमिट्यान्स जम्मा गर्दै आइ रहेको छ । बिभिन्न वालेट कम्पनीहरुसँग साझेदारी गरी विदेशवाट वालेटमा समेत रेमिट्यान्स् भित्राउँदै आएको छ ।

बिगत १५ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको साथै देश भर १०,००० भन्दा बढि स्थानबाट सेवा प्रदान गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र बिगत एक दशक देखि रेमिटान्स क्षेत्रमा काम गर्दे आएको प्रभु म्यानेजमेन्ट प्रा.लि बिचको सम्झौताले विश्वका हरेक क्षेत्रबाट पठाएको रकम नेपालमा सरल तरिकाबाट प्राप्त गर्न थप सरल छिटो र छरितो हुने अपेक्षा गरिएको छ ।

प्रभु म्यानेजमेन्ट प्रा.लि सँगको सम्झौता संगै नेपाल रेमिटका ग्राहकहरुले अब देशभर रहेका १५००० स्थानहरुबाट बिदेशबाट पठाएको रकमको भुक्तानि लिन सक्नेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।