सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि रुसको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । रुसले राष्ट्र सङ्घीय सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताका लागि फेरि एक पटक आफ्नो समर्थन दोहोर्‍याएको छ । साथै रुसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँ दिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ।

प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताएका हुन् ।

आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक भएको र भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कुटनीतिक अनुभव भएको लाभरोभको भनाइ छ।

महासभामा उनले विशेषगरि भारत र ब्राजिल प्रमुख अन्तर्राष्ट्रिय शक्ति भएकाले उनीहरूलाई परिषद्को स्थायी सदस्यता प्रदान गर्नुपर्ने बताएका थिए ।

पन्ध्र देश सदस्य रहेको सुरक्षा परिषद्का पाँच वटा स्थायी सदस्यमध्ये अमेरिका, बेलायत, फ्रान्स र रुसले भारतलाई स्थायी सदस्यताका निम्ति समर्थन गरेका छन् भने चीन मौन रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।