काठमाडाैं । साेमबार अपरान्ह जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुने ११ जना सहित गम्भीर घाइते १ जनाको पनि पहिचान खुलेको छ ।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा घटनास्थलमै मृत्यु भएका ९ जना तथा उपचारका क्रममा निधन भएका २ जना र उपचारारत एकजनाको समेत पहिचान खुलेको हो ।
उक्त दुर्घटनामा परी छेडागाड–५ का दिपक अधिकारी, छेडागाड–५ की नैनसरा अधिकारी, छेडागाड–५ की जैकुवरा बुढा, छेडागाड–५ का रामबहादुर बुढा, छेडागाड–६ का वीरबहादुर खत्री, भगवती–२ दैलेखका अमर खड्का, भगवती–२ दैलेखकै मानबहादुर रावत, भगवती–२ दैलेखकै वीरेन्द्र केसी, छेडागाड–५ की देवीसरा बुढा, छेडागाड–५ कै अमर अधिकारी र छेडागाड–५ कै निशा अधिकारीको मृत्यु भएको छ ।
छेडागाड–५ की जैभान अधिकारी गम्भीर घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीको भनाई रहेको छ ।
Comment