मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। शव एकहप्ताअघि हराएइरहेको भनिएकी सोही स्थानकी ३६ वर्षीया सरस्वती वाइबा रहेको प्रहरीले जनाएको छ।
शुक्रबार वाइबाका श्रीमान् वीरबहादुरले श्रीमती हराएको भनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजी गरिदिन भन्दै फोटोसहित निवेदन दिएका थिए।
वीरबहादुर वाइबाले आफैँले खोज्ने क्रममा हिजो शनिबार साँझ श्रीमतीको शव खाल्डोमा पुरिएको अवस्थामा भेटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। अनुहार र कपडाको केही भागमात्र देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा शव भेटेपछि श्रीमान् वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए।
शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी वामदेव गौतमले बताए।
Comment