काठमाडौंमा स्कुल बसको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको बसको ठक्करबाट २९ वर्षीय सुवासचन्द्र रतेलाको आज बिहान मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते रतेलाको उपचारका क्रममा बिहान १० बजे वयोधा अस्पताल बल्खुमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। स्कुल बसले रतेलाले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो।

घटना बिहान ८ बजेर ३५ मिनेटमा भएको थियो। बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी रतेला सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए। बस चालकलाई भने महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।