इन्डियन आर्मी बनाइदिन्छु भनेर दुई करोड ठग्ने पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन आर्मी बनाइदिन्छु भनेर करिब दुई करोड रूपैयाँ ठगी गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

तामाङले करिब २५ जनालाई इन्डियन आर्मी बनाइदिन्छु भनेर जनही ५ देखि ६ लाख उठाएको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।