चिकित्सकको लाइसेन्स परीक्षा माघको दोस्रो साता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा आगामी माघको दोस्रो साता सञ्चालन गरिने भएको छ।

आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।

परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७ पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यस्तै, पुस २८/२९ गते विलम्ब शुल्क तिरेर फारम बुझाउन सकिने समेत उल्लेख गरिएको छ । परीक्षा सञ्चालन भने इन्जिनियरिङमा अध्ययन संस्थान पुल्चोकमा हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।