काठमाडौं । ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक समिति सदस्यमा अचुत ओझा चयन भएका छन् ।
ग्रोथ ग्रुप अन्तर्गत संचालनमा रहेका ग्रोथ मल्टिप्रपोज कम्पनी प्रालि र ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको शनिबार सम्पन्न वार्षिक साधारण सभाले ओझासहित गणेश बजगाई र शशि मरहटठालाई सर्वसम्मत सदस्यमा चयन गरेको हो ।
काठमाडौंको अर्किड क्याफे ढुंगेधारामा सम्पन्न साधारणसभाले मल्टिप्रपोज कम्पनी प्रालि र ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मत रुपमा पारित गरेको छ ।
दुबै कम्पनीले आफ्नो संचालक समितिलाई एक अर्कोमा विलयको लागि अधिकार दिने निर्णय पारित गरेको छ । विलयपछि ग्रोथ इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड नामाकरण हुनेछ भने कम्पनीको पुँजी तीन करोड हुने भएको छ।
Comment