एक महिनामै प्रतितोला २५ सय बढ्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

यससँगै, छापावाल सुनको मूल्य १ हजार ५०० रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो । साताको बिहीबारदेखि बढ्न थालेको सुनको मूल्य आज लगातार तेस्रो दिन बढेको छ । बिहीबार तोलामा ४०० र शुक्रबार ६०० रूपैयाँले बढेको थियो ।

यस्तै, आज तोलामा २०० रूपैयाँले बढेको छ । यस्तै, मंसिर पहिलो साताको तुलनामा २५ सय रूपैयाँले मूल्य उकालो लागेको छ ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ रहेको चाँदीको भाउ आज १४ सय रूपैयाँ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।