५ महिनामा १ खर्ब बढीको वैदेशिक लगानी नेपाल भित्रियो, जलविद्युतमा मात्रै ७६ अर्ब स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो ५ महिनामा १ खर्ब  भन्दा बढीको स्वदेशी र विदेशी लगानी नेपालले स्वीकृत गरेको छ । 

चालु आवको साउनदेखि मंसिर २३ गतेसम्म उद्योग विभागले १ खर्ब ८ अर्ब ६९ करोड ५५ रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो । 

यस समयमा देशभरमा १०२ उद्योग दर्ता भएका छन् ।  जसमा ७ हजार बढी जनाले प्रत्यक्ष रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ । 

यस विचका लगानीमा जलविद्युत र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै आर्कषण बढेको विभागको तथ्यांकले देखाउछ ।

जलविद्युत क्षेत्रमा आर्कषण बढ्यो

विभागको तथ्यांक अनुसार यस समयमा जलविद्युत क्षेत्रमा मात्रै २३ वटा उद्योग दर्ता भएका छन् । जलविद्युत क्षेत्रमा २३ वटा उद्योगमा ७६ अर्ब ४९ करोड ९६ लाख रुपैयाँभन्दा धेरैको लगानी प्रतिवद्धता आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।