दलहरुले आयोगमा बुझाएको समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कालीकोट । दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र ७ वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन्। पार्टी  केन्द्रीय समितिको  बैठकबाट  अनुमोदन  गरेर  हिजो ७ दलले नामावली बुझाएका छन्।

प्रतिनिधि सभामा १ सय १० सिट समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ। सङ्घीय संसदमा एमालेले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ प्राप्त गरेका थिए। त्यसैअनुसार निर्वाचन आयोगमा दलहरुले बुझाएको विवरण भोलि दिउँसो ४ बजेसम्म सच्चाउन सक्ने आयोगले जनाएको छ।

दलले बुझाएको नामावली जाँचबुझ गरेर समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसद निर्वाचित भएको एक हप्ताभित्र मंसिर ४ गते भएको चुनाव सम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने तयारी गरेको छ।

यी हुन् समानुपातिक सांसद 

नेकपा एमाले 

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई 

नैनकला थापामगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

ईश्वरी घर्ती

रणकुमारी बलम्पाकी मगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

शोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दीपा शर्मा 

सुनिता बराल

आश्माकुमारी चौधरी

शान्ति चौधरी

ईश्वरबहादुर रिजाल

प्रभु हजारा पासवान 

चन्द्रबहादुर विश्वकर्मा 

रुकमणि राणा बराइली 

हर्कमाया विश्वकर्मा

गंगाप्रसाद यादव

अमृतराज लालवंशी

बिनादेवी यादव

अमृतादेवी अग्रहरि 

प्रतिक्षा तिवारी मुखिया 

सराज अहमद फारकी

नेपाली कांग्रेस

सरस्वती बजिमय

लिलादेवी बोखिम

सिता कुमारी राना

सुशीला थिङ

सपना राजभण्डारी

माया राई

कुसुम थापामगर

मनोरमा शेरचन

अम्बिका बस्नेत

सरिता प्रसाईं

आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मञ्जु खाँण

रमा कोइराला पौडेल

कान्तिका सेजुवाल

मैना रावल कार्की

नागिना यादव

मुक्ता कुमारी यादव

चन्दा चौधरी

संगिता मण्डल

निनुकुमारी कर्ण

शान्ति विक

रुपा विक

सीता मिजार

आशा विक

कल्पना चौधरी

विना कुमारी थनेत

जावेदा खातुन जागा

जीवन परियार

विमलेन्द्र निधि

प्रकाशशरण महत

नेकपा माओवादी केन्द्र

दुर्गा राई

मीना तामाङ

उर्मिला माझी पौडेल

छिरिङल्यामु लामा तामाङ

हितराज पाण्डे

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपा सोसी चौधरी

रणेन्द्र बराइली

सुशीला श्रीपाली ठकुरी

मीना यादव

उमरावतीदेवी यादव 

कल्पना मियाँ

राष्ट्रिय स्वतन्त्र पार्टी

डा. ढाका कुमार श्रेष्ठ

इन्दिरा राना मगर

सुमना श्रेष्ठ

डोल प्रसाद अर्याल

डा. चन्दा कार्की

निशा डाँगी

विनिता कठायत

असिम साह

मनिष झा

लक्ष्मी तिवारी

अशोक चौधरी

सन्तोष परियार

शिव नेपाली

जनमत पार्टी

अनितादेवी साह

सोनु मुर्मु

विनिताकुमारी सिंह

गोमा सापकोटा

अब्दुल खान

राप्रपा

पशुपतिशमशेर जबरा

रोशन कार्की 

गीता बस्नेत

बुद्धिमान तामाङ 

बिना लामा

बिना जयसवाल 

अनिता नेपाली

जसपा

प्रकाश अधिकारी 

सुशीला श्रेष्ठ 

रेखा यादव 

रञ्जु ठाकुर

सहनाज रहमान

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।