धमाधम सिंगारिँदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । 

मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रंगरोगनका साथै सरसफाई थालिएको हो ।

राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतिक्षालय रंगरोगन र सरसफाई धमाधम भइरहेको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । 

विशेषगरी भालुवाङ बजार, मौरीघाट क्षेत्र, पिपरी बजार, सिसहनियाँ बजार, सिंगेखोलालगायत क्षेत्रमा स्वागत गेटहरू निर्माण गरिएका छन् भने प्रतिक्षालयहरू पनि रंगरोगन गरिएको छ । राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा कार्यान्वयनका लागि मूल समितिसहित विभिन्न उपसमिति बनाएर जिम्मेवारीअनुसार काम गरिरहेको छ ।

जसमा श्यामेश चौधरीको संयोजकत्वमा गठित सरसफाई तथा सौन्दर्यकरण उपसमितिले पूर्व–पश्चिम राजमार्ग, नौ वटै वडा तथा टोलहरू सरसफाई गर्ने, प्रतिक्षालयहरू रंगरोगन गर्ने, स्वागत गेट बनाउने जिम्मा पाएको थियोे । त्यही जिम्मेवारीअनुसार राप्ती उद्योग वाणिज्य संघ, सिसहनियाँ उद्योग वाणिज्य संघ, राप्ती गाउँपालिका, चेम्बर अफ कमर्स र भालुवाङ होटल व्यवसायी समितिहरूसँगको सहयोग तथा समन्वयमा राजधानी सिगार्ने काम भइरहेको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको सपथग्रहण तथा बैठक स्थायी राजधानी देउखुरीमा राख्ने तयारीमा प्रदेश सरकार जुटेको छ । अहिले प्रदेशसभा भवन निर्माण समेत अन्तिम चरणमा पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।