सोफा हब काठमाडौ द्वारा ‘दशैं तिहार बम्पर लक्की ड्र’को विजेता घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। सोफा तथा फर्निचर क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत सात वर्ष देखि सेवा प्रदान गर्दै आएको सोफा हब काठमाडौले धमाकेदार ‘दशैं तिहार बम्पर लक्की ड्र’को विजेता घोषणा गरेको छ ।

सोफा हबले शुक्रबार बालाजु बाइसधाराको पिकनिक स्पटमा वनभोज तथा दशैं तिहार बम्पर लक्की ड्र’को नतिजा घोषणा उत्कृष्ट सेवा दिने आफ्ना ४ जना कर्मचारीलाई सम्मानका साथै पुरस्कृत गरेको छ ।

हबले यस बर्षको सर्वोत्कृष्ट कर्मचारी रुपमा अनिल शाहलाई १ लाख उत्कृष्ट कर्मचारी तर्फबाट शंकर तिवारी ,अनिल मगर ,बिष्णु आले मगरलाई जनही दश हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो ।

सोफा हबले दशैं तिहार बम्पर लक्की ड्र’बाट १० जना विजेतालाई इलेक्ट्रोनिक जग,४ जना विजेतालाई सोफा सेट र एक जना विजेतालाई स्मार्ट टिभी विजेता नाम घोषणा गरेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेलले व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितिमा कम्पनीलाई अग्र स्थानमा पुर्‍याउन कर्मचारीहरूको उत्तिकै भूमिका रहेको हुँदा सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्न प्रयास गर्नुपर्ने बताउनुभयो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।