एकैदिनमा वाणिज्य बैंकको निक्षेप ४ अर्बले घट्यो, सीडी रेसियो भने यथावत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एकै दिनमा वाणिज्य बैंकको निक्षेप चार अर्बले घटेको छ ।

१९ गतेसम्म वाणिज्य बैंकले ४५ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा २० गतेसम्म आइपुग्दा ४ अर्बले निक्षेप घटेर ४५ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको कर्जा लगानी पनि घटेको छ । बैंकले १९ गते सम्म ४२ खर्ब १६ अर्ब कर्जा लगानी गरेकोमा २० गतेसम्म आइपुग्दा कर्जा लगानी ३ अर्बले घटेर ४२ खर्ब १३ अर्बमा आइपुगेको छ ।

वाणिज्य बैंकको सीडी (कर्जा निक्षेप अनुपात) रेसियो भने यथावत अर्थात ८६ दशमलव ६८ प्रतिशत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।