प्रधानसेनापतिद्वारा भवन शिलान्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले काभ्रे बनेपा नगरपालिकास्थित पेरुङ्गेडाँडामा निर्माण हुने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विद्यार्थी आवास र पुस्तकालय भवनसहितका भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् ।

चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा विश्वविद्यालय सञ्चालनमा ल्याइने उद्घोषानुरुप विद्यार्थी आवास र केन्द्रीय पुस्तकालय निर्माणका लागि शिलान्यास गरिएको हो । विश्वविद्यालय निर्माणकार्यको सिलसिला आव  २०७६/७७ बाटै प्रारम्भ भएको थियो ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवम् रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले उक्त विश्वविद्यालय स्थापना गरिएको हो ।

निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायका अधिकृतको राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्ने हेतुले स्थापना गरिएको विश्वविद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध सञ्जाल विकसित गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रणनीतिक संस्कारको विकास तथा उच्चस्तरको नागरिक–सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याने उद्देश्यअनुरुप सो विश्वविद्यालयको स्थापना गरिएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।