सरकारमा सहभागी हुने जनमत पार्टीकाे निर्णय, समानुपातिक सूची टुङ्गियाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । जनमत पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।

सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको पार्टी स्राेतले बताएकाे छ ।

गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर हुने देखिएको बताइएकाे छ ।

बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ ।

जनमत पार्टीले संघका लागि समानुपातिक नामको पनि टुङ्गो लगाएको छ । स्रोतका अनुसार आयोगमा पेस गरिएको समानुपातिक उम्मेदवारको बन्द सूचीअनुसार अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनीताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक संसदमा चयन गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।