भूमिहीन सुकुम्वासीको लालपूर्जाका लागि शसक्त आवाज उठाउँछु : प्रदेश सांसद महतो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढल्केवर(धनुषा) । मधेस प्रदेशका प्रदेशसभा सदस्य हरिनारायण महतोले भूमिहीन सुकुम्वासीको लालपूर्जाका लागि शसक्त आवाज उठाउने बताएका छन्। 

बिहिबार धनुषाको ढल्केवरमा आयोजित जिल्ला भूमि अधिकार मञ्च धनुषाको छैटौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले वास्तविक भूमिहीन सुकुम्वासीले जस्तोसुकै अवस्थामा लालपूर्जा पाउनुपर्ने उल्लेख गरे। नेकपा एमालेको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४(२)बाट निर्वाचित प्रदेशसभा सदस्य महतोले सरकारलाई भूमिहीन सुकुम्वासीको नाउमा राजनीति नगर्न आग्रह गरे।

महतोले वर्षौदेखि जकडिएर रहेको भूमिको समस्या समाधानका लागि आफू सदैव भूमिहीनको साथमा रहेको बताए। उनले भूमिहीनको समस्या प्रदेशसभामार्फत सशक्त रुपले उठान गर्ने प्रतिबद्धता जनाए। गाउँ–गाउँमा सिंहदरबार पुगेपनि भूमिहीनको समस्या ज्यूँकात्युँ रहेको उनले टिप्पणी गरे।

बिहिवार सम्पन्न मञ्चको छैटौं जिल्ला सम्मेलनले रामबाबु साहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन समेत गरेको छ। 

नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिसा खातुन, सचिवमा रामचन्द्र थापा मगर, कोषाध्यक्षमा पासो सदा र सहसचिवमा रामबिनोद ठाकुर रहेका छन्। 

यस्तै सदस्यहरुमा गुलावदेखी सदा, उमा विक, सिर्जना परियार, विजय विश्वकर्मा, रामकुमार बुढाथोकी र शशिकला बम्जन चयन भएको राष्ट्रिय भूमि अधिकार मञ्ज नेपालका केन्द्रीय सदस्य फौदसिंह स्याङ्वाले जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।