काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आज (शुक्रबार) देखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ ।
बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो ।
केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट वितरण शुरु गरिने जानकारी दिए । आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइने उनको भनाइ छ।
अबको दुई चारदिनमै १७ करोड लिटर पानी उपत्यकामा वितरण हुने प्रवक्ता राईले जानकारी दिए ।
केयूकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ । मेलम्चीको पानीले करिब ४० प्रतिशत पानी आपूर्ति गर्ने छ ।
Comment