माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । 

एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ । 

उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको कार्यकालको सफलताको कामना गरेका थिए । साथै नेपाल र अमेरिकाबीचको सम्बन्धसहितका विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएका बेला र नयाँ सरकार गठनका लागि दलहरु आ–आफ्नो रणनीति तय गरिरहेका बेला राजदूत थम्पसनसँग अध्यक्ष नेपालको राजनीतिक भेटवार्ता भएको हो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।