मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आयोगले बुधवार राष्ट्रपति भण्डारीलाई आर्थिक वर्ष २०७८र७९ मा सम्पन्न गरेका कार्यहरूको वार्षिक प्रतिवेदन पेस गरेको हो ।

प्रतिवेदनमा आव ७८र७९ मा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण र नेपाल सरकारलाई गरिएका सिफारिसलगायतका विषय उल्लेख रहेको आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलले बताए ।

मानव अधिकारको संरक्षण र  संवर्द्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले मानव अधिकार र लोकतन्त्रको अवलम्बनमा नेपाल उच्च स्थानमा रहेको बताइन् ।

Share this:

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।