दोहोरो अंकले घट्यो नेप्से, परिसुचक १९१७ अंक पुग्दा १ अर्ब ६५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक(नेप्से) १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २४६ कम्पनीको १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको ८० लाख ९२ हजार ७१९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । मंगलवार ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा, अन्य र लघुवित्त समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.२७ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटेल समूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ ।

घट्दो बजारमा आज नाडेप लघुवित्तको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै २ वर्षपछि कारोबारमा आएको नाडेपको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंक ९.२९, शिवम् सिमेन्ट र नारायणी विकास बैंक ४.८६, साधना, आरएसडीसी र स्वाभिमान लघुवित्तको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सानिमा बैंकको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ । यसको ६७ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १३ र नविल बैंकको ४ करोड ५२ हिमालयन डिस्ट्रीलरी साढे ३ करोड बढीको कारोबार भएको छ ।

लगातार नेप्से परिसूचक लगातार घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ। लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार नभेट्दा बजार ओरालो गतिमा नै देखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।