पत्याउनु हुन्छ ! प्रधानमन्त्री देउवाको चुनाव खर्च २६ लाख १२ हजार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी खर्च २६ लाख १२ हजार भएको छ ।

डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउवाले   जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा खर्च विवरण बुझाएका हुन् ।

प्रतिनिधि सभातर्फ क्रमशः नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीले २ लाख २ हजार एक सय ९०, राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका हुन्।

यस्तै, दुई प्रदेश निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रदेशसभा तर्फका ८ जना उम्मेदवारले पनि निर्वाचनमा भएको खर्चको विवरण बुझाएका छन्।

हरेक राजनीतिक दलबाट बन्द सूचीमा रहेका समानुपातिक उम्मेदवारमध्ये राप्रपा उम्मेदवार सरिता रैसालले मात्र २ लाख ४० हजार निर्वाचन खर्च भएको विवरण कार्यालयमा बुझाएकी छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।