यान्त्रिक अवस्था ठीक नभएका ४९ सवारी कारबाहीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँको चुच्चेपाटी र कलंकीमा सोमबार दिउँसो गरिएको सवारी साधनको विशेष यान्त्रिक चेकिङका क्रममा तिब्र गतिमा सवारी साधन चलाउने ३९ चालक कारवाहीमा गरेको छ । 

सोमबार गरीएको सवारी साधनको विशेष यान्त्रिक चेकिङको क्रममा ट्राफिक प्रहरीले अवस्था ठिक नभएका बस, माईक्रोबस, पानी ट्याङकर, मिनी ट्रक र पिकअप भ्यान लगायतका ४९ वटा सवारी साधनका चालकलाई कारवाही गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एंव प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीका अनुसार तालिम प्राप्त दक्ष प्राविधिक सहितको टोलिद्धारा सोमबार  दिउँसो दुई सयवटा सवारी साधन चेकजाँच गर्दा ब्रेकको अवस्था ठिक नभएका, वाईफर ठिक नभएका, लाईटहरु नभएका, र टायर धेरै घिसिएका ४९ वटा सवारी साधनलाई कारवाही गरिएको हो ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्न ट्राफिक प्रहरीले समय–समयमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गर्दै आएको छ । 

अवस्था ठिक भएका सवारी साधन मात्रै संचालन गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्नुहुन सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय सह(प्रवक्ता एंव प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले अनुरोध समेत गरेका थिए  ।

त्यस्तै, उँनका अनुसार सोमबार नै ट्राफिक प्रहरीले तिब्र गतीमा सवारी साधन चलाउने ३९ जना चालकलाई पनि कारवाही गरेको छ । ललितपुरको सानेपा र भक्तपुरमा गरिएको चेकिङमा तोकिएको गति भन्दा बढी गतिमा सवारी साधन चलाएका चालकलाई कारवाही गरीएको हो । साथै बम्पर गार्ड ननिकालिएका ११८ वटा सवारी साधनलाई पनि आजै ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।