काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका गंगा कार्की प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।
कार्कीले प्रतिस्पर्धी एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई झिनो मतान्तरले हराएका हुन्। मतगणना सकिँदा कार्कीले ३६ हजार ९९५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् ।
यसअघि यी दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको थियो। धेरैपटक कहिले कार्की र कहिले शिवाकोटी अगाडि भएका थिए।
Comment