रूसी कच्चा तेलको मूल्य घटाउने इयूको निर्णय,प्रतिब्यारेल कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस । कच्चा तेलको विक्रीबाट रुसलाई हुने आम्दानी घटाउने र विश्वव्यापी रुपमा भएको मूल्यवृद्धि रोक्न इयूले सम्झौता गरेको जनाएको हो ।

युरोपेली सङ्घ (ईयू) ले रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने सम्झौता गरेको हो । रुसमाथिको प्रतिबन्धलाई कायमै राख्न सो मूल्य निर्धारण गरिएको ईयूले बताएको छ ।

करिब १ वर्षदेखि रुसले युक्रेनमा जारी राखेको आक्रमणको विपक्षमा रहेको ईयूले पटक–पटक आग्रह गर्दा पनि रुसपछि नहटेपछि कच्चा तेलको मूल्य घटाएर उसलाई दबाब दिएको ईयू सदस्य राष्ट्रहरूले जनाएका छन् ।

ईयूको निर्णयलाई सबै सदस्य राष्ट्रहरुले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । यो सम्झौताले पश्चिमी प्रतिबन्धहरुका लागि महत्वपूर्ण कदम मानिने छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।