‘नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही । नेकपा माओवादीकी नेतृ रेखा शर्माले सत्तारुढ गठबन्धनभित्र नयाँ सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएकी  छिन् । 

बुटवलमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनले नै नयाँ सरकार बनाउने दाबी गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी दिइन । 

दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै वियजी भएकी शर्माले सरकारको नेतृत्व पहिला कसले गर्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न बाँकी रहेको बताइन । 

ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको उनको प्रतिक्रिया थियो । शर्माले माओवादीको तर्फबाट पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुसँग छलफल गरेर प्रधानमन्त्रीको नाम टुंगो लगाउने  बताइन । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।