वायुसेवा निगमले भैरहवामा दोहा र क्वालालम्पुरबाट सिधा उडान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोहा र क्वालालाम्पुरबाट अब भैहरवामा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले आगामी पुस ४ बाट साताको तीन उडान यी रुटमा गर्ने गरी वीन्टर सेड्यूल स्वीकृत भएको छ ।

यससँगै अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको उडान निश्चित भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले एकै दिन दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नेछ।

प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार नेपाल एयरलाइन्सको एउटा जहाजले काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ। त्यस्तै अर्को जहाजले काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं रूटमा उडान गर्नेछ।

दोहाबाट भैरहवामा आइतबार र मंगलबार गरी साताको दुइटा उडान हुने छन्। त्यस्तै क्वालालम्पुरबाट भैरहवामा हरेक बुधबार एक उडान हुनेछ। प्राधिकरणले सन् २०२२ डिसेम्बर १९ बाट सन् २०२३ मार्च २५ सम्मका लागि यो तालिका स्वीकृत गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।