नेपाल चाइना चेम्बर गण्डकी प्रदेश अध्यक्षमा बाराही ग्रुपका वैभव पौडेल मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल चीन उद्योग वाणिज्य सङ्घ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनीत भएका छन् ।

सङ्घको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई मनोनीत गरिएको अध्यक्ष त्रिभुवन धर तुलाधरले जानकारी दिए ।

पर्यटन व्यवसायी पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष हुन् । उनी होटेल बाराही, बाराही हस्पिटालिटी, बिच बार एन्ड लज, व्यञ्जन रेस्टुरेन्ट, बाराही जङ्गल लज, बब्स जिम लगायत विभिन्न व्यवसायका सञ्चालक हुन् । पर्यटन र सेवा क्षेत्रमा डेढ दशकको अनुभव रहेका पौडेल रेबान, हान, स्वीमिङ एसोसिएसन लगायतका सङ्घ संस्थामा उत्तिकै सक्रिय रहेका छन् ।

पोखरा लगायत गण्डकी प्रदेशमा फैलँदो चिनियाँ लगानी तथा चिनियाँ पर्यटकको चापलाई दृष्टिगत गर्दै नेपाल चीन उद्योग वाणिज्य सङ्घले पहिलो प्रादेशिक च्याप्टर यसै क्षेत्रमा गठन गरेको हो ।

सङ्घका अध्यक्ष तुलाधरले नेपाल र चीनबिच आर्थिक सामाजिक सम्बन्ध विस्तार गर्ने तथा व्यापार र लगानी सहजीकरण गर्ने सङ्घको मूल उद्देश्य परिपूर्तिका लागि युवा व्यवसायी पौडेलको अध्यक्षतामा रहेको गण्डकी प्रदेश समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

प्रदेश अध्यक्ष पौडेलले सङ्घले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफू केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।