काठमाडौं । देशका उच्च पहाडी भूभागमा आज बिहान आंशिक बदली रहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ।
आज राति प्रदेश १ र वाग्मती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ।
तराई भूभागमा हुस्सु÷कुहिरो लाग्ने र तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको छ। विभागले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेका छ।
यसैबीच, काठमाडौंमा आज न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ। बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए।
उनका अनुसार आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्नेछ। मौसमविद् भट्टराईका अनुसार आज काठमाडौंमा वर्षाको सम्भावना छैन।
Comment