नेप्सेमा छायो हरियाली, लघुवित्त कम्पनीहरुमा झुम्मिए लगानीकर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिदिन शेयर बजार मापक सूचक(नेप्से) ३२.४३ अंकले बढेर १९६५..९८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको थियो।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ ।

माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.७ प्रतिशतले बढेको छ ।

पछिल्लो समय लघुवित्तहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि लगानीकर्ताहरु यता आकर्षित भएका हुन् । उच्च अंकले बढेको बजारमा आज डिप्रोक्स लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.२१ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन विकास लघुवित्त ७.४३, कुमारी बैंक ६.७७, ग्रीन लाइफ हाइड्रोपावर ६.५७, नेष्ढा लघुवित्त ६.५४, सीईडीबी हाइड्र ६.४९, धौलागिरि लघुवित्त ६.०९, पञ्चकन्या माइ, माउन्टेन, श्वेत गंगा हाइड्रोपावर लगायत आधा दर्जन कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतले बढेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४५ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक १२ करोड र नेपाल टेलिकम पौने १० करोड बढीको कारोबार भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।