लाभांश र मर्जर प्रस्ताव अनुमोदन गर्न माछापुच्छ्रे क्यापिटलको साधारण सभा आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटलले पुस १ गते कम्पनीको साधारण सभा आह्वान गरेको छ ।

क्यापिटलले बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा सभा गर्न लागेको हो।

सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने , नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव  पेश हुने छन् ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना स्वतन्त्र सञ्चालनक नियुक्त गर्ने छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।