हिमालयन डिष्टिलरीको ७० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  हिमालयन डिष्टिलरीलेले लाभांश घोषणा गरेको छ । 

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले ६० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ५१ करोड रूपैयाँ छ।

कम्पनीले पुस २७ गते बार्षिक साधारण गर्ने भएको छ। साधारण सभाले पारित गरेसँगै लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन्।

पुस १९ गतेसम्म लगानी गर्नेले कम्पनीले घोषणा गरेको लाभांश हात पार्नेछन्। पुस २० गते कम्पनीको बुक क्लोज हुनेछ। कम्पनीले यसअघि शतप्रतिशत लाभांश दिएको थियो। ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।