फागुन मसान्तसम्म सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। फागुन मसान्तसम्म सबै सरकारी सवारीसाधनहरुले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो।

यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत कात्तिक २८ गते सबै सरकारी सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभागको वेबसाइटमा गई अनलाइन आवेदन दिन सकिनेछ। त्यसपछि नकिकैको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी प्लेट जडान गर्न सकिन्छ।

मन्त्रालयले यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ अनुसार उक्त निर्णय गरेको हो। विभागले इम्बोस्ड नम्बर प्लेटको जडानले चोरी पैठारी, अपराधिक क्रियाकलाप र राजस्व छली रोकिने बताएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।