काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले आफ्नो अग्रता यथावत राख्दै प्रतिस्पर्धीलाई पछि पार्दै लगेका छन् ।
मतगणनाको सुरुदेखि नै अगाडि लागेका केसीले एमाले उम्मेदवार नारायणप्रसाद खतिवडालाई ७ हजार ९९४ मतान्तरले पछाडि पारेका हुन् ।
हालसम्म ४७ हजार ६४१ मत गनिसक्दा केसीले १९ हजार ९९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण खतिवडा १२ हजार ३ मतका साथ पछाडि छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ११ हजार ३८७ मत पाएका छन् ।
Comment