कुमारी बैंकको सेयर कारोबार फुकुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनसीसी बैंकसँग मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा भएको छ ।

बैंकले बिहीबार सेयर कारोबार फुकुवा गर्न नेप्सेमा निवेदन दिएसँगै कारोबार फुकुवा भएको हो ।

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था गरेसँगै मर्जर प्रक्रियामा रहेको कुमारी बैंकको पनि सेयर कारोबार फुकुवा भएको हो ।

संस्थापक सेयर भने कारोबार रोक्का नै कायम रहने छ । आइतबारदेखि बैंकको साधरण सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

कुमारीको सेयर असोज ११ गतेदेखि रोक्का रहेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।