काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंसिर ७ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १०.५२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते १३ औं वार्षिक साधरण सभा बोलाएको छ । उक्त सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोज तोकेको छ । सो अनुसार मंसिर १५ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
Comment