गठबन्धनलाई फराकिलो मत अन्तरले हराउँदै जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार आठ सय ६० मत अन्तरले पराजित गर्दै शाही निर्वाचित भएका हुन्।

उनले २२ हजार आठ सय १९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गौतमले ११ हजार नौ सय ५९ मत प्राप्त गरिन।

त्यसैगरी नेकपा एमालेका रतननाथ योगीले छ हजार पाँच सय २८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

नेमकिपाका डिल्लीप्रसाद काफ्ले नौ सय ५५ मत प्राप्त गरेका छन्। जम्मा खसेको मत ४५ हजार दुई सय ८४ मध्ये दुई हजार चार सय ७८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।