फराकिलो मतान्तरले महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा बने विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन्। बिहीबार बिहान सकिएको मतगणना अनुसार थापा २४ हजार २३८ मत ल्याएर विजयी भएका हुन्।

थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २७५ मत ल्याएका छन्। थापाले बस्नेतलाई ९६३ मतले हराएका हुन्। यो क्षेत्रमा सुरुदेखि नै थापाले लिड गरिरहेका थिए। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन्।

सो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो। २ हजार ५१ मत भने बदर भयो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।