शेरबहादुर देउवा सातौं पटक निर्वाचित, छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बुधबार बिहान प्राप्त मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ विजयी भएका हुन्।

प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाल १३ हजार ४२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।

देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ रहेको छ। नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याए। देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन्।

प्रधानमन्त्री देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।