एक महिनामा थपियो १६ अर्ब निक्षेप, सीडी रेसियो ८७.१० प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचनको तहलपहल बढेसँगै बैकहरुमा निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार कात्तिक महिनाको अवधिमा वाणिज्य बैंकहरुमा १६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

गत असोज मसान्तसम्म बैंकहरुमा ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप कात्तिक मसान्तसम्म आइपुग्दा १६ अर्ब रुपैयाँले थपिएर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।

यसैगरी कात्तिकमा बैंकहरुले थप २ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

योसँगै कात्तिक मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। गत असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २० अर्ब रुपैयाँमा थियो।

कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो थोरै घटेर ८७.१० प्रतिशत रहेको छ। गत असोज मसान्तसम्म औसत सीडी रेसियो ८७.२० प्रतिशत थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।