बैतडीमा प्रहरी सवार जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बैतडीको पाटनमा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। मतपेटिका पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका छन् । 

आज बिहान पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परेकाहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिप सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ।

जिपमा चालक सहित १३ जना सवार रहेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।