१५ मतदान केन्द्रमा रोकियो मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। दिउँसो साढे ३ बजेसम्म देशका १५ केन्द्रको मतदान रोकिएको निर्वाचन आयोगले जानकारी दिएको हो। 

अन्य स्थानमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी आयोगले दिएको  छ। रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगको भनाइ छ। 

यसैबीच आयोगले बेलुका ५ बजेसम्म कुनै पनि केन्द्रको मतदान स्थगित नगर्न सबै निर्वाचन/मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ। स्थगित गर्नैपर्ने अवस्था आए आयोगसँग परामर्श गरेर मात्र स्थगित गर्न आयोगको निर्देशन छ। 

आयोगका अनुसार दिउँसो १२:४५ बजेसम्ममा ३२ प्रतिशत मत खसेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।