काठमाडौं । आन्तरिक राजस्व विभागले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने भएको छ।
राष्ट्रिय कर दिवसको अवसर पारेर विभागले १५ भन्दा बढी उत्कृष्ट करदातालाई सम्मान गर्ने जनाएको हो।
नेपालमा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आएको दिनको रूपमा राष्ट्रिय कर दिवस मनाइन्छ। मंसिर १ गते २०५४ मा मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आएको हो।
प्रत्येक वर्ष मंसिर १ गते करदातालाई सम्मान गरिने भएतापनि निर्वाचन आचार संहिताका कारण ७ गतेलाई सारिएको हो।
‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराको साथ यस वर्ष कर दिवस मनाउन लागिएको छ।
Comment