राप्रपाको कार्यालय तोडफोड गरेर मध्यरातमा लगाइयो एमालेको झण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  क्षेत्र नम्बर ५ काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालय तोडफोड गरिएको छ। 

कार्यालयबाट राप्रपाका ब्यानर, झण्डा च्यातेर एमालेको झण्डा र ब्यानर लगाइएको छ। त्यस्तै कार्यालयका सामानहरू पनि चोरी भएको बताइएको छ।

चोरी तथा तोडफोड पश्चात राप्रपाका नेता तथा कार्यकर्ताले एमाले कार्यकर्ताहरूको नाम किटान गरेर प्रहरीमा उजुरी दिएको बताइएको छ। जबरजस्ती लगाएको एमालेको झण्डा र ब्यानर पनि राप्रपाका कार्यकर्ताले च्यातेका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट प्राध्यापक डा. रामप्रसाद उप्रेती, एमालेबाट ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेस नेता प्रदीप पौडेल चुनावी प्रतिस्पर्धामा छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।