चितवन । चितवन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ।
चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा रहेको बा ३ च २०५० नम्बर को गाडीमा तोडफोड भएको हो।
घरदैलो गर्ने क्रममा पार्किङ गरिराखेको गाडिमा मोटरसाइकल चढेर आएका ६ जनाले इँटा प्रहार गरेको गाडीका चालक जितबहादुर रानाले बताए। तोडफोडबाट गाडीको अगाडिको सिसामा क्षति पुगेको छ। भाइजर पनि फुटेको चालक रानाले जानकारी दिए।
उक्त गाडि अगाडि रहेको प्रदेश ३-०१- २४ च ९०६१ नम्बरको निसानको म्याग्नेट गाडीको सिसा पनि फुटेको छ। डीएसपी नरहरि अधिकारीले घटनाको छानबिन थालिएको बताएका छन्।
Comment