काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
बुधबार प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक वा दुई स्थान हल्का हिमपातको संभावना रहेको छ।
राती : प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
२०७९ मंसिर ०१ गते (बिहीबार)
दिउँसो : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
२०७९ मंसिर ०२ गते (शुक्रबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको संभावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउनुहुन अनुरोध छ। साथै तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ।
Comment