डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै, स्वतन्त्र उम्मेदवार खड्काले समर्थन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले समर्थन गरेका छन्। २७ वर्षीय खड्काले आज कोइरालालाई समर्थन गर्दै उम्मेदवारी निस्कृय बनाएका हुन् ।

उनले आजदेखि कांग्रेस उम्मेदवारका पक्षमा सक्रिय भई चुनाव प्रचारमा लागेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन्। समग्र क्षेत्रको विकासका लागि कोइरालालाई आफूले समर्थन गरेको उनले बताएका छन्। स्वतन्त्र युवा समूह गठन गरेर उनले सामाजिक कार्य गर्नुका साथै राजनैतिक खबरदारी गर्दै आएका थिए । युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोशी राजमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पु(याउनेसहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा. कोइरालालाई समर्थन गरेको खड्काले जानकारी दिए ।

याे सँगै बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा. शेखर कोइरालाको पक्षमा दिन प्रतिदिन माहोल बन्दै गएको छ ।  कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइरालाको पक्षमा माहोल बनाउन युवादेखि वृद्धसम्म चुनावी प्रचारमा खटिएका छन् । यसपालि जसरी भए पनि शेखर कोइरालालाई जिताउने उनीहरुको अठोट छ ।

केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर कोइरालालाई सघाउने घोषणा गरेका थिए । पासवान यतिबेला कोइरालाको चुनावी प्रचार अभियानमा सक्रियताका साथ लागेका छन् । पासवानसहित बहुजन शक्ति पार्टीका अन्य नेता तथा कार्यकर्तासमेत कोइरालाको चुनावी प्रचारमा खटिएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।